×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना अपडेट : अमेरिकामा मृत्यु हुनेको संख्या २४ हजार नजिक, इटालीको अवस्था कस्तो ?

LAXMI SUNRISE BANK

कोरोना अपडेट : अमेरिकामा मृत्यु हुनेको संख्या २४ हजार नजिक, इटालीको अवस्था कस्तो ?

२ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – कोरोना भाइरका कारण अमेरिकामा मृत्यु हुनेको संख्या २४ हजार नजिक रहेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १५ सय भन्दा बढीले ज्यान गुमाएका छन् । अमेरिकामा मृत्यु हुनेको संख्या २३ हजार ६ सय ४४ पुगेको छ। वल्डोमिटरको तथ्यांक अनुसार अमेरिकामा संक्रमितको संख्या ५ लाख ८७ हजार १७३ पुगेको छ ।  २४ घण्टामा अमेरिकामा २६ हजार भन्दा बढी संक्रमित थपिएका छन्।
त्यस्तै इटालीमा मृतकको संख्या २० हजार नाघेको छ । इटालीमा मृत्यु हुनेको संख्या २० हजार ४ सय ६५ पुगेको छ भने संक्रमितको संख्या १ लाख ६० हजार नजिक छ । स्पेनमा १७ हजार भन्दा बढीले ज्यान गुमाएका छन्। स्पेनमामा १७ हजार ७७६ ले ज्यान गुमेका छन् भने बेलायतमा ११ हजार ३२९ ले ज्यान गुमाएका छन् । 
विश्वमा मृतकको संख्या १ लाख १९ हजार ७५८ रहेको छ भने १९ लाख २९ हजार भन्दा बढी संक्रमित छन्। विश्वभर ४ लाख २३ हजार भन्दा बढी निको भएर घर फर्किसकेका छन्।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी