
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – बेलायतमा कोरोना भाइरस (कोभिड-१९)का कारण थप १ जना पूर्व गोरखा सैनिकको मृत्यु भएको छ । ६५ वर्षीय पूर्व गोरखा सैनिक लक्षिणबहादुर गुरुङको सोमबार निधन भएको हो । उनी लन्डन सहरदेखि बाहिर रेडिङ भन्ने स्थानमा बस्दै आएका उनको उपचारका क्रममा रेडिङको अस्पतालमा मृत्यु भएको समाजसेवी कमल गुरुङले जानकारी दिए ।
गत दुई सातादेखि अस्पतालमा रहेका गुरुङलाई पछिल्लो समय भेन्टिलेटरमा राखिएको थियो । उनको पुख्र्यौली घर कास्कीको घान्द्रुकमा हो । अहिलेसम्म सार्वजनिक तथ्यांक अनुसार कोरोनाकै कारण बेलायतमा निधन हुने नेपाली ९ जना पुगेका छन् । तीमध्ये ६ जना पूर्वगोरखा सैनिक रहेका छन् । अहिले विश्वभर कोरोना माहामारीको रुपमा छन् । जसबाट १ लाख बढी मानिसहरुले ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्यामा पनि उत्तिकै वृद्धि भइरहेको छ । नेपालमा यस भाइरसबाट संक्रमितको हुनेको संख्या १६ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्