×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वभर यस्तो छ कोरोना भाइरसको पछिल्लो अपडेट…

LAXMI SUNRISE BANK

विश्वभर यस्तो छ कोरोना भाइरसको पछिल्लो अपडेट…

२ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख २० हजार नजिक रहेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार मंगलबार दिउँसो साढे १ बजेसम्म मृत्यु हुनेको संख्या १ लाख १९ हजार ७५४ रहेको छ। 
यस्तै संक्रमण हुनेको संख्या पनि साढे १९ लाख नाघेको छ । अहिलेसम्म विश्वभर १९ लाख २९ हजार ०७९ जना  कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमितमध्ये ४ लाख ५२ हजार ८३८ जना भने उपचारपछि घर फर्किएका छन् । अहिले १३ लाख ५६ हजार ४८७ मा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ५ लाख ७२ हजार ५९२ जनाको अवस्था भने गम्भीर रहेको छ ।
कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका, इटाली, स्पेन, फ्रान्स पर्छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या २४ हजार नजिक रहेको छ यस्तै इटालीमा मृत्यु हुनेको संख्या २० हजार नाघेको छ भने स्पेनमा १८ हजार नजिक रहेको छ । फ्रान्समा मृत्यु हुनेको संख्या १५ हजार नजिक छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी