×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना कहर : भारतमा थप १९ दिन लकडाउन लम्बाइयो

LAXMI SUNRISE BANK

कोरोना कहर : भारतमा थप १९ दिन लकडाउन लम्बाइयो

२ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारी रोकथामका लागि थप १९ दिन लकडाउन गर्ने घोषणा गरेका छन् । मंगलबार बिहान १० बजे राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले लकडाउन १९दिन थप्दै मे ३ तारिक (बैशाख २१) सम्म थप गर्ने घोषणा गरेका हु्न् । सो क्रममा मोदीले प्रत्येक नागरिकलाई लकडाउनको पालना गर्दै सच्चा सिपाइको भूमिका निर्वाह गर्न आग्रह गरे ।
उनले लकडाउन अत्यावश्यक भएको भन्दै भने, ‘लाकडाउनले देशलाई आर्थिक घाटा गरेको छ । तर, ठूलो फाइदा गरेको छ । आर्थिक भन्दा देशवासीको जीवन ठूलो हो । लकडाउनले धेरै भारतीयको ज्यान जोगाएको छ । देशका महाराष्ट्र, केरला, दिल्ली, पञ्जाबलगायतका प्रदेशहरुमा उच्चदरमा संक्रमण फैलिएपछि गत शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीले प्रदेशका मुख्यमन्त्रीहरुसँग अनलाइन बैठक गरेका थिए । सो क्रममा मुख्यमन्त्रीले मोदीलाई लकडाउन बढाउन माग गरेका थिए । छलफलमा लकडाउन तत्काल खुला गर्दा संक्रमण झनै फैलिने कुरा उठेपछि भारत सरकारले थप १९ दिनका लागि समय थपेको हो । उडिसा र पञ्जाब राज्यले भने यसअघि नै मई १ तारिखसम्मका लागि संकटकालको घोषणा गरिसकेका छन् ।
भारत सरकारले अहिलेसम्म पनि आम महामारीको चरणमा कोरोना संक्रमण नपुगेको दावी गरेको छ । यद्यपी देशका एक तिहाई संक्रमणका बिरामीमा लक्षण नदेखिएपछि यो चिन्ताजनक हुने बताइन्छ । भारतमा कोरोना संक्रमित र मृतक संख्या बढिरहेको छ । हालसम्म त्यहाँ ३ सय ५८ को मृत्यु भइसकेको छ भने साढे १० हजार संक्रमित भएका छन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी