
काठमाडौं । पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको एकै परिवारमा तीन जनाको र्यापिड टेष्टमा पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएपछी सनसिटीमा बस्ने अन्य छिमेकीहरु आत्तिएका छन् । २८ दिनअघि बेलायतबाट आएका ३ जनालाई अहिले पाटन अस्पतालमा भर्ना गरिएको छ । पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरुको थ्रोट स्वाब लिइएको अस्पतालका निर्देशक विष्णु शर्माले बताएका छन् ।
उनका एक छिमेकीले दिएको जानकारी अनुसार सनसीटीमा पाँचवटा बिल्डिङहरु छन् । जसमध्ये ए बिल्डिङमा बस्ने एक परिवारको तीन जनालाई कोरोनाको आशंकामा अस्पताल लगिएको हो । ‘अस्तिदेखि विदेशबाट आएर बसिरहेका थिए । जचाउन गएका थिएनन्, कोरोना ल्याएका छन् कि भन्ने डर थियो । आज त अस्पताल लगिएछ । झन् डर लागेको छ ।’ ती छिमेकीले भने।
तीनजना आशंकितलाई अस्पताल लगिएपछि प्रहरीले सनसीटी अर्पाटमेन्टसिलबन्दी गरेको छ भने अपार्टमेन्ट परिसरमा प्रहरी तैनाथ गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्