×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँ छिर्यो कोरोना ? सनसिटि अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनामा कोरोना पोजेटिभको आशंका !

LAXMI SUNRISE BANK

काठमाडौँ छिर्यो कोरोना ? सनसिटि अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनामा कोरोना पोजेटिभको आशंका !

१ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

Breaking : थपियो कोरोना संक्रमितको संख्या, रौतहटमा पनि अर्को कोरोना संक्रमित भेटिए, कुल संख्या १४ पुग्यो !
काठमाडौं । कोरोना भाइरस काठमाडौँ छिरेको संकेत देखिएको छ । काठमाडौं पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जना सदस्यमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्टको नतिजा पोजेटिभ देखिएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । झन्डै एक महिनाअघि लण्डनबाट फर्किएका उनीहरूमा र्‍यापिड टेस्ट गर्दा शंका लागेपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको हो ।  तीनजनामध्ये आमा, छोरा र बुहारी छन्।

अहिले तीनै जनालाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले पुष्टी गरे । ‘आधा घण्टाजस्तो भयो उहाँहरूलाई भर्ना गरिएको। उहाँहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ,’ उनले भने ।

यसअघि काठमाडौँ छिर्यो कोरोना ? सनसिटि अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनामा कोरोना पोजेटिभको आशंका ! शीर्षक हुनुपर्नेमा अन्यथा भएको मा सच्याईएको छ। 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी