×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाको आशंकामा एक पुरुष भीम अस्पतालको आइसोलेसनमा

LAXMI SUNRISE BANK

कोरोनाको आशंकामा एक पुरुष भीम अस्पतालको आइसोलेसनमा

१ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । कोरोना भाइरसको आशंकामा भैरहवाको भीम अस्पतालमा एक पुरुषलाई भर्ना गरिएको छ ।मायादेवी गाउँपालिका १ का ५८ वर्षका एक पुरुषलाई भैरहवास्थित भीम अस्पतालको आइसोलेसनमा कक्षमा राखिएको हो । भीम अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायका अनुसार उनलाई करिब १२ दिनदेखि ज्वरो आएको र केही दिनदेखि खोकी, सास फेर्न ग्राहो हुने तथा पखाला लागेपछि आइसोलेसनमा कक्षमा राखिएको हो । 
सोमबार बिहान स्वास्थ्य परीक्षण गराउन आएका उनलाई कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि आइसोलेसन कक्षमा रखिएको हो । उनको स्वाब मंगलबार भैरहवाको अञ्चलपुरस्थित गहुँबाली अनुसन्धान केन्द्रमा कोरोना भाइरस परीक्षण प्रयोगशालामा पठाइने बताइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी