×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विधुत आपूर्तिलाई नियमित एंव प्रभावकारी बनाउन विधुत वितरण केन्द्र टाँडीको विशेष अभियान सुरु !

LAXMI SUNRISE BANK

विधुत आपूर्तिलाई नियमित एंव प्रभावकारी बनाउन विधुत वितरण केन्द्र टाँडीको विशेष अभियान सुरु !

१ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • रासस 
चितवन – विधुत वितरण केन्द्र टाँडीले लकडाउनको समयमा पनि विधुत आपूर्तिलाई नियमित एंव प्रभावकारी बनाउन विशेष अभियान शुरु गरेको छ । विधुत आपूर्तिमा समस्या आउन नदिन तथा निरन्तर अनुगमनका लागि २४ घण्टै प्राविधिकसहित कर्मचारी खटाइएको केन्द्रका प्रमुख चुटनकुमार श्रीवास्तवले बताउनुभयो । करिब ६० हजार विधुत मिटर लिने ग्राहक रहेको सो केन्द्रमा विधुत महसुल भुक्तानका लागि इ–सेवासमेत शुरु गरिएको बताइएको छ । 
लकडाउनका कारण सेवाग्राहीलाई विधुत कार्यालयमा भीडभाड र जमघट हुन नदिन भिडियो क्लिप एसएमएस तथा कर्मचारीको मोबाइलबाट विद्युत् मिटरको रिडिङसमेत गराउने व्यवस्था गरिएको र त्यसअनुसार काम गरिरहेको प्रमुख श्रीवास्तवले जानकारी दिनुभयो । मासिक रु छ करोड विद्युत् राजश्व सङ्कलन हुने सो केन्द्र उपभोक्तको फोनमार्फत घरघरमा गएर विधुत मिटर जडान हुने गरेको बताइएको छ । 
कोराना भाइरसबाट जोगिन कार्यालयभित्र सेनिटाइजर, साबुनपानी तथा मास्कसमेत व्यवस्था गरिएको प्रमुख श्रीवास्तवले बताउनुभयो । चालु आर्थिक वर्षको पहिलो छ महिनामा सो केन्द्रले विद्युत् चुहावट गर्ने २३४ जनालाई कारवाही गरिएको जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी