
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । हिमालय एयरलाइन्सले सरकारले स्थापना गरेको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण, रोकथाम तथा उपचार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ । आइतबार एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले १ कडोर रुपैयाँको चेक पर्यटनमन्त्री योगेश भट्टराईलाई हस्तान्तरण गरेका हुन् ।
हिमालय एयरलाइन्सका वरिष्ठ उपाध्यक्ष विजय श्रेष्ठका अनुसार सरकारले स्थापना गरेको राहत कोषमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको हो । नेपाली र चिनियाँ संयुक्त लगानीमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्सले मलेसियाको क्वोलालम्पुर, साउदी अरबको दमाम, युएईको अबुधाबी, दुबई, बंगलादेशको ढाका, कतारको दोहा र चीनका पाँच सहरमा उडान गर्दै आएको छ।
हिमालयसँग एयरबस ए–३२० सिरिजका १५८ सिट क्षमताका तीन वटा विमान र १२८ सिट क्षमताको ए–३१९ गरि चारवटा विमान रहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्