×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनको मौका छोपेर मोटरसाइकल चोरहरुको बिगबिगी, तपाई पनि होसियार रहनुहोस् है !

LAXMI SUNRISE BANK

लकडाउनको मौका छोपेर मोटरसाइकल चोरहरुको बिगबिगी, तपाई पनि होसियार रहनुहोस् है !

१ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत बौद्ध र नयाँबस्ती प्रहरी टोलीले उनीहरुलाई आइतबार पक्राउ गरेको हो । गोकर्णेश्वर नगरपालिका–५ बासुकीनगरबाट बा४२प ८०९ र बा८९प ९५४१ नम्बरको कालो रङको २२० सिसीको पल्सर मोटरसाइकलसहित ओखलढुङ्गा घर भई गोकर्णेश्वर नगरपालिकामा बस्दै आउनुभएका २० वर्षीय ङिमा लामा र सोही ठाउँका २० वर्षीय धनबहादुर तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।
पक्राउ परेका दुबै जनाको साथबाट प्रदेश ३–०२–००९ प २०५९ नम्बर भएको नम्बर प्लेट दुई थान र ५१ हजार नगदसमेत बरामद भएको छ । पक्राउ परेका उनीहरुको काठमाडौँ जिल्लाबाट म्याद थप गरी थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी