×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना अपडेट : ज्यान गुमाउनेको संख्या १ लाख ८ हजार नाघ्यो, संक्रमितको संख्या १८ लाख नजिक

LAXMI SUNRISE BANK

कोरोना अपडेट : ज्यान गुमाउनेको संख्या १ लाख ८ हजार नाघ्यो, संक्रमितको संख्या १८ लाख नजिक

३० चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ९ हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आतबार दिउँसो ४ बजेसम्म मृत्यु हुनेको संख्या १ लाख ९ हजार ६५४ रहेको छ। 
यस्तै संक्रमण हुनेको संख्या पनि १८ लाख नजीक पुगेको छ । अहिलेसम्म विश्वभर १७ लाख ९० हजार ५५० जना कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमितमध्ये ४ लाख २ हजार ७०९ जना भने उपचारपछि घर फर्किएका छन् । अहिले १२ लाख ७१ हजार ३५६ मा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ५ लाख १९ हजार १९४ जनाको अवस्था भने गम्भीर रहेको छ ।
कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका, इटाली, स्पेन, फ्रान्स पर्छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार अहिलेसम्म अमेरिकामा २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । शनिबार मात्रै त्यहाँ १ हजार ८३० जनाको मृत्यु भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी