×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७३ पुग्यो, दिनमै ३५ जनाको मृत्यु

LAXMI SUNRISE BANK

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७३ पुग्यो, दिनमै ३५ जनाको मृत्यु

३० चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दिन प्रति दिन बढ्दै गईरहेको छ । भारतको स्वास्थ्य मन्त्रालयको अनुसार भारतमा एक दिनमा ३४ जनाको कोरोनाको कारण मृत्यु भएको छ भने अहिले सम्ममा मृत्यु हुनेको संख्या दुई सय ७३ पुगेको छ । साथै, भारतमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या पनि आठ हजार नाघेको छ । 
भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार भारतमा समग्र संक्रमितको संख्या आठ हजार तीन सय ५६ पुगेको छ । भारतको महाराष्ट्रमा सबैभन्दा बढी एक सय २७ जनाको मृत्यु भएको छ। महाराष्ट्रमा संक्रमितको संख्या पनि एक हजार सात सय ६१ पुगेको छ । त्यस्तै, मध्यप्रदेशमा ३६, गुजरातमा २२ र दिल्लीमा १९ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।
दिल्लीमा संक्रमितको संख्या एक हजार नाघेको छ । दिल्लीमा एक हजार ६९ संक्रमित पुगेका छन् भने तामिलनाडुमा नौ सय ६९ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ ।
अहिलेसम्म भारतमा सात सय १६ जना संक्रमित निको भइसकेका छन् । कोरोना भाइरसको महामारी बढेसँगै भारतले २१ दिनको लकडाउन लम्ब्याउने निर्णय गरेको छ । यद्यपि लकडाउन कहिलेसम्म लम्बिने हो भन्ने विषयमा भने आधिकारिक निर्णय आउन बाँकी छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी