×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सातै प्रदेशका फोटो समाचार : कोरोना रोकथामका लागि सानिमा बैंकको सहयोग,गाउँमा गहुँ काट्ने चटारो !

LAXMI SUNRISE BANK

सातै प्रदेशका फोटो समाचार : कोरोना रोकथामका लागि सानिमा बैंकको सहयोग,गाउँमा गहुँ काट्ने चटारो !

२८ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो रु यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले कोरोन रोकथाम तथा नियन्त्रणका लागि आर्थिक सहयोग गरेकोदेखि जाजरकोटमा कोरोनाबाट बच्न उपायबारे माईकिङ गर्दै गरेको फोटो समाचार समेटेका छौं । 
हेरौं सातै प्रदेशका फोटो समाचार :
सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा सानिमा बैंक धनगढी शाखाले सहयोग प्रदान गरेको रु १० लाख सहयोग बुझ्दै प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट ।
कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि गरिएको लक डाउनका कारण भारतको मुम्बैस्थित अँधेरी भन्ने ठाउँमा अलपत्र परेका नेपाली युवक । उनीहरु स्वदेश फर्किने वातावरण मिलाइदिन अपिल गरेका छन् । 
लकडाउनका कारण पोखरामा बिरामीलाई रगतको अभाव भएपछि म्याग्दीको सदरमुकाम बेनीस्थित लायन्स क्लब अफ दोभानले आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदान गर्दै क्लबका पदाधिकारी तथा सर्वसाधारण । रक्तदान कार्यक्रमबाट ३३ पिन्ट रगत सङ्कलन गरिएको छ । 
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान पावर टिलरको सहायताले खेतमा गहुँ काट्दै ।
प्रहरीले शुक्रबार कैलालीको अत्तरिया बजारबाट लकडाउन उल्लङ्घन गरेको आरोपमा नियन्त्रणमा लिएका स्थानीय । धनगढी र अत्तरियामा गरी लकडाउन उल्लङ्घन गर्ने १०७ जनालाई नियन्त्रणमा लिई एक घण्टासम्म सामाजिक दुरीमा उभ्याई लकडाउन र कोरोना भाइरसबारे सम्झाइबुझाई छोडिएको बताइएका छन् । 
कैलालीको अत्तरिया बजारमा लकडाउन उल्लङ्घन गर्ने व्यक्तिलाई शुक्रबार ‘मल्टिफङ्सनल एरेस्ट एण्ड रेस्क्यू डिभाइस’को माध्यमबाट नियन्त्रणमा लिँदै सुरक्षाकमी । 
पञ्चेश्वर गाउँपालिकाको धर्मघाटस्थित शुक्रबार सीमा क्षेत्रमा परिचालन गरिएको सशस्त्र प्रहरीको टोली । लक डाउन अवैध रुपमा महाकाली तरेर नेपाल भित्रिने क्रम नरोकिएपछि सशस्त्र प्रहरी परिचालन गरिएको हो  ।
विश्व सम्पदा सूचीमा सूचिकृत भगवान् श्री पशुुपतिनाथ मन्दिर क्षेत्रमा अवस्थित आर्यघाट अगाडिको बाग्मती नदीमा सुन तथा चाँदी खोज्दै युवा ।
दुई जना कोरोना सङ्क्रमितको उपचार गराइराखेको धौलागिरि अञ्चल अस्पताल बागलुङको निरीक्षण गर्न शुक्रबार बागलुङ आउनुभएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलसँग आइसोलेसन वार्डका विषयमा जानकारी लिँदै ।
कोरोना भाईरसका कारण ‘लक डाउन’ भएपछि  बारेकोट गाउँमा कोरोनाबाट बच्न उपायबारे माईकिङ गर्दै प्रहरी र कर्मचारी । 
मस्र्याङ्दी गाउँपालिकास्थित खुदी स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले थर्ममिटरबाट ज्वरो मापन गर्दै । यस गाउँपालिकामा हालसम्म पनि थर्मल मिटर गन नहुँदा कोरोना सङ्क्रमणको उच्च जोखिममा स्वास्थ्यकर्मी छन् ।
मध्यपुरथिमिस्थित श्यामा श्यामा धाम राधेराधेमा राधामाधव समितिअन्तर्गत डिभाइन युथ क्लब नेपालले सञ्चालन गरेको रक्तदान कार्यक्रममा रक्तदान गर्दै । नेपाल रेडक्रस सोसाइटी, भक्तपुर जिल्ला शाखाले लक डाउनको अवधिमा रगतको अभाव हुन नदिन दैलोदैलोमै रगत सङ्कलनको अभियान सञ्चालन गरेको छ ।
ललितपुर महालक्ष्मी नगरपालिका– ९ लामाटारस्थित लाकुरी भन्जाङ्ग वाईल्ड लाइफ एग्रो फर्ममा पालिएका कालिज । फर्ममा  दुई वर्षदेखि व्यावसायिक रुपमा दुई हजार कालिज पालन गरिएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा मृत अवस्थामा फेला परेको हात्ती । 
विश्व सम्पदा सूचीमा सूचिकृत भगवान् श्री पशुुपतिनाथ मन्दिर क्षेत्रमा रहेको भष्मासुर उडासी अखडाको कलात्मक सत्तल । 
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान  खेतमा गहुँ काटदै । कोरोना भाइरस रोकथामका लागि देशमा लकडाउन भएपनि किसानलाई गहुँ बाली भित्राउने चटारो छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी