×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउन नलम्बिए वैशाख ७ देखि अदालत पूर्णरुपमा खुल्ने !

LAXMI SUNRISE BANK

लकडाउन नलम्बिए वैशाख ७ देखि अदालत पूर्णरुपमा खुल्ने !

२८ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – लकडाउनको अवधि थप नभए वैशाख ७ देखि अदालत पूर्णरुपमा खुल्ने भएका  छन् ।  लकडाउन सकिएको ३ दिनपछि मुद्धाको सुनुवाई लगायतका अन्य काम कारवाहीहरु सबै अदालत तथा न्यायाधिकरणहरुबाट नियमितरुपमा सञ्चालन हुने व्यवस्था मिलाउने सर्वोच्च अदालतको पुर्ण बैठकले निर्णय गरेको प्रवक्ता भद्रकाली पोखरेलले बताए । अदालतमा नियमित मुद्दा सुनुवाईलगायतका काम सुरु हुनेछन् । यद्यपि लकडाउनको अवधि पुन: थप भएमा अहिले भइरहेका कामकारवाहीलाई मात्र निरन्तरता दिने अदालतको निर्णय छ । 
यो अवधिमा अदालतबाट बन्दीप्रत्यक्षकिरणको निवेदन तथा गम्भीर प्रकृतिका कोभिड १९ सँग सम्बन्धित विषयका रिट निवेदन दर्ता र सुनुवाई, पक्राउ अनुमति र जरुरी पक्राउ पुर्जीको समर्थन, बालबालिकालाई अभिभावक वा संरक्षकको जिम्मा लगाई पाउँ भन्ने निवेदन र सो उपर कारबाही हुँदै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी