
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । थर्मल गनको कालोबजारीको आरोपमा पक्राउ परेका चर्चित व्यवसायी शुलभ अग्रवालले प्रहरीको बयानमा आफ्नो गल्ती स्वीकारेपछि उनलाई सरकारी वकिलको कार्यालय लगिएको छ । ‘दशा लागेपछि मति बिग्रियो सर ! म अर्बपति मान्छे, १० हजारमा लोभिएँ’’ बयानका क्रममा अग्रवालको भनाइ उधृत गर्दा दरबारमार्ग प्रहरी स्रोतले अर्थ सरोकार डटकमसँग भन्यो । शुक्रबार उनलाई बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । बयान सकेर उनलाई पुन: महानगरीय प्रहरी वृत, दरबारमार्ग लागिएको छ ।
यसैबीच विहीबार उनका बाबुले उनलाई हिरासतमै भेटेका छन् । वृत स्रोतले दिएको जानकारी अनुसार उनका बाबुले समेत ८-१० लाखको मतलब नगर्ने मान्छे, दसा लागेर के गर्न पुगेछ भन्दै बिलौना गरेर रुँदै फर्किएका थिए। अरबपति बाबुका छोराले केहि लाखमा गरेको यस्तो ‘अपराध’ले उनको पारिवारिक इज्जतमै दाग लागेको विश्लेषण गरिएको छ । यता उनलाई भेट्ने उनका केहि साथीहरु पनि वृत पुगेका छन् । उनीहरु पनि खासै केहि नभनी ‘चिन्ता नलिनु’ मात्र भनेर फर्किएको वृत स्रोतको दाबी छ।
ठुलै दबाब नआएको खण्डमा उनी जेल जाने पक्का भएको जानकारहरु बताउँछन् । यता प्रहरीले पनि यस्तो बेलामा कालोबजारी गर्नेलाई जस्तो दबाब आएपनि छोड्न नहुने तर्क गर्दै आएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्