
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । शुक्रबार दुवै देशका प्रधानमन्त्रीबीच लकडाउनका कारण एकअर्काका देशमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा हेरचाह गर्ने विषयमा छलफल भएको हो ।
प्रधानमन्त्री ओलीले कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउन आफूहरु सहमत भएको बताएका छन् । ओलीले सामाजिक सञ्जालमार्फत मोदीसँगको टेलिफोन वार्ताको विषयमा जानकारी दिएका हुन् । साथै दुई प्रधानमन्त्रीबीचको वार्तामा आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज तथा सुचारु राख्न छलफल भएको छ । भारत सरकारले उपलब्ध गराउने औषधी लगायतको सहयोगतका लागिसमेत प्रधामनन्त्री ओलीले मोदीलाई धन्यवाद दिएका छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्