
काठमाडौँ – कोरोना भाइरसले संसारभरी मानिसको मृत्यु हुने सिलसिला जारी छ । अहिलेसम्म यो महामारीका कारण ९५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार १८४ देशका १६ लाख बढी व्यक्तिमा कोरोनाभाइरस संक्रमण देखिएको छ । साथै, साढे ३ लाख बढी निको भएर घरसमेत फर्किसकेका छन् ।
अमेरिकामा संक्रमित बिरामीको संख्या चार लाख ६० हजार पार गरेको छ जबकि यहाँ १६.६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यस्तै, भारतमा संक्रमित बिरामीको संख्या ५ हजार ८ सय पार भएको छ । हालसम्म यहाँ १६९ बिरामीको मृत्यु यो भाइरसका कारण भएको छ ।
मृत्युको आँकडालाई हेर्ने हो भने इटलीको स्थिती अहिलेसम्म पनि भयावह छ । इटलीमा कोरोना संक्रमितको संख्या १ लाख ४३ हजार ६ सय २६ छ । यहाँ अहिलेसम्म १८ हजार २ सय ७९ को मृत्यु भइसकेको छ । कोरोना संक्रमित २८ हजार ४ सय ७० जना निकोसमेत भइसकेका छन् । जबकी स्पेनमा १ लाख ५३ हजार २ सय २२ जना कोरोनाभाइरसद्वारा संक्रमित छन् । यहाँ अहिलेसम्म १५.४ हजार व्यक्तिको मृत्यु भइसकेको छ । -एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्