Skip to content
LAXMI SUNRISE BANK

७६ दिनपछि वुहानबासीले खुलेर स्वास फेरे, १२ तस्विरमा हेर्नुहोस् कोरोना ‘फ्रि वुहान’ (फोटो-फिचर)

अर्थ सरोकार

काठमाडौँ – गत डिसेम्बर ३० तारिखमा कोभिड-१९ भाइरस देखिएको चीनको चर्चित सहर वुहानमा ७६ दिनपछि लकडाउन हटेको छ। ७६ दिन लामो लकडाउन हटेपछि वुहानले खुला हावामा श्‍वास फेर्न पाएको छ। लकडाउन खुलेको पहिलो दिनमै कयौँ मानिसले वुहान छाडेर अन्त लागेका छन्। लकडाउन खुलेपछि देशका कयौँ भागबाट यहाँ आएका स्वास्थ्यकर्मी र चिकित्सकहरु आफ्नो घरतर्फ फर्किएका छन्। 
वुहान एयरपोर्टमा घर फर्किनेको ताँती देख्‍न सकिन्थ्यो। जिलिन प्रान्तका मेडिकल टोलीकी एक सदस्य बुधवार आफ्नो घर फर्किने क्रममा साथीसँग अंगालो मारेर रोइरहेकी थिइन्। विश्‍वमा कोरोना भाइरसको एपिसेन्टर बनेको वुहानमा केही कडा शर्तसहित चीन सरकारले लकडाउन खोलेको हो। ७६ दिन लामो बन्दी जीवनपछि बुधबारको बिहानीलाई सहरबासीले भव्यताका साथ स्वागत गरे। 
सहरका गगनचुम्बी भवनलाई झिलिमिली बत्तीले सजाइयो। केही भवनमा मंगलबार मध्यरातिदेखि नै लकडाउन समाप्त हुने काउन्ट डाउन राखिएको थियो। बिहान हुनेबित्तिकै रेल र जहाजबाट हजारौँ मानिसले वुहान छाडेका छन्। यात्रा प्रतिबन्ध हटाइएपछि हजारौंको संख्यामा सडक, हवाई र रेल मार्गबाट मानिसहरु वुहानबाट बाहिर गएका देखिन्थे।
चीनको राष्ट्रिय रेल सर्भिसका अनुसार बुधबार मात्रै करिब ५५ हजार मानिस वुहानबाट बाहिरिएका छन्। लकडाउन खुले पनि सहर भित्र अझै कोरोना रोक्न कडा शर्त र नियमहरु राखिएको छ। अधिकारीहरुले अझै पनि अत्यन्त जरुरी भएमा मात्रै घरबाट निस्कन अपिल गरिरहेका छन्। तर लकडाउन खुलेसँगै उद्योग, कम्पनी र अन्य संस्थाका कर्मचारीलाई काममा बोलाइएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK