×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल कपडा तथा सिलाइ व्यवसायी संघद्वारा कोरोना रोकथामका लागि २० हजार सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल कपडा तथा सिलाइ व्यवसायी संघद्वारा कोरोना रोकथामका लागि २० हजार सहयोग

Artha Sarokar

२७ चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बनेपा – नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ काभ्रेले कोरोना भाइरस (कोभिड १९) सँग लड्न बीस हजार रुपैँया सहयोग गरेको छ । महासंघ मानार्थ सदस्य सानू काजी थापा र सचीव तेज नेपालीको नेतृत्वमा गएको टोलीले बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठलाई नगद बीस हजार दस रुपैयाँ बिहिबार हस्तान्तरण गरेको संघले जनाएको छ ।
संघले बनेपा नगरपालिकालाई कोरोना भाइरस रोकथामका साथै विपन्न वर्ग र मजदुरलाई राहत प्रदान गर्न बीस हजार १० रुपैयाँ सहयोग गरेको हो । कोरोना भाइरसले महामारीको रुप लिइरहेका बेला नेपालमासमेत यसको रोकथामका लागि देशभर लकडाउन गरिएको छ । यस्तो अवस्थामा ज्यालादारी मजदुर गरिखाने वर्ग र विपन्नको जनजीवन तहस नहस भएको भन्दै उनीहरुको खानपिनको व्यवस्था मिलाउन उक्त रकम हस्तान्तरण गरेको नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ काभ्रेले जनाएको छ ।
संघले सरकारले गरेको अपिललाई मध्येनजर गर्दै उक्त सहयोग गरेको  संघका अध्यक्ष रघु कपालीले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी