
काठमाडौं । स्पेनमा कोरोना भाइरसको कहर फेरि आक्रामक देखिन थालेको छ । पछिल्लो दुई दिनमा संक्रमणको कारण मर्नेको संख्या लगातार बढ्दै गएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार बुधबार मात्रै ७५७ संक्रमितको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयले जनाएअनुसार हालसम्म स्पेनमा संक्रमणबाट मर्नेको संख्या १४ हजार ५५५ छ ।
पछिल्लो बिहिबार कोरोना संक्रमणबाट मृत्यु हुनेको दैनिक आँकडा ९५० सम्म पुगेको थियो । त्यससँगै घटको आँकडा मंगलबार अचानक बढोत्तरी आएको हो । बुधबार नयाँ संक्रमितहरुको संख्या पनि ह्वात्तै बढेको देखिएको छ । पछिल्लो समय विश्वमा इटलीपछि स्पेनमा संक्रमितको संख्यामा पनि बढोत्तरी आएको छ । स्पेनमा हालसम्म १ लाख ४६ हजार बढि संक्रमित फेला परेका छन् ।
स्पेन सरकारले कोरोना भाइरसको फैलावटलाई रोकथाम गर्न आगामी १४ मार्चसम्म कडा लकडाउनको घोषणा गरेको थियो । मानिसहरुलाई खाद्यान्न, स्वास्थ्य उपचार र जरुरी काम बाहेक घरबाहि निस्कन प्रतिबन्ध छ । -एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्