
काठमाडौँ – कोरोनाका कारण जारी लकडाउनको असर विश्वभरको अर्थतन्त्रका साथै घरेलु हिंसामा पनि प्रत्यक्ष रुपमा देखिएको छ। लकडाउनसँगै विश्वभरमा घरेलु हिंसाका घटनाहरुमा पनि वृद्धि भइरहेको बताइएको छ।विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को प्रभावलाई नियन्त्रण गर्ने प्रयास स्वरुप विश्वका कयौँ देशहरुमा लकडाउन लागू भएसँगै विश्व जनसंख्याको ठूलो हिस्सा घरभित्र सीमित हुन पुगेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एंटोनियो गुटेरेशले यस्तो अवस्थामा महिला तथा केटीहरुमाथि घरेलु हिंसाका घटनामा भयावह बढोत्तरी भएकोमा चिन्ता व्यक्त गर्दै सम्बन्धित देशको सरकारद्वारा ठोस कारबाहीका लागि अनुरोध गरेका छन्।
अमेरिका, बेलायत, अस्ट्रेलिया समेत यूरोपका कयौँ देशहरुमा यस्ता हिंसाका घटनाहरुमा तीव्रता आइरहेको छ। विशेषज्ञहरुले महामारीको समाजिक असरलाई लिएर चेतावनी जारी गरेका छन्। हिंसा केबल रणक्षेत्रमा मात्र सीमित नभई उनीहरुको आफ्नै घरभित्र छ। कयौँ महिला तथा केटीहरुका लागि सबैभन्दा धेरै खतरा त्यहाँ छ जहाँ उनीहरु सबैभन्दा सुरक्षित हुनुपर्ने हो।
महामारीका कारण आर्थिक र सामाजिक चुनौतीहरु बढ्नुका साथै मानिसहरुको आवातजावतमा प्रतिबन्ध लगाइएसँगै विश्वका अधिकांश देशहरुमा महिला तथा केटीहरुका साथ दुव्र्यवहारका घटनाहरुमा अधिक वृद्धि भइरहेको छ। विश्वभरमा करिब एक तिहाई महिलाहरु आफ्नो जीवनमा कुनै न कुनै रुपमा हिंसाको शिकार भइरहेका हुन्छन्। यो मुद्दाले धनी तथा गरिब दुबै प्रकारका अर्थव्यवस्थालाई प्रभावित गर्दछ।
विश्व स्वास्थ्य संगठनको विश्लेषण अनुसार, महिलाहरुमा शारीरिक, यौन, प्रजनन र मानसिक स्वास्थ्यमाथि हिंसाको गहिरो असर पर्दछ। शारीरिक र यौन हिंसा भोगेका महिलाहरुमा गर्भपात हुने वा उनीहरु डिप्रेशनमा जाने स्थिति दुई गुणा बढी हुने गर्दछ।
संयुक्त राष्ट्रसंघका अनुसार, कोभिड–१९ महामारी शुरु भएपछि लेबनान र मलेशियामा हेल्पलाइनमा आउने फोन कलको संख्या दोब्बर भएको छ, जबकि चीनमा यो संख्या तीन गुणा पुगेको छ। यसैगरी अस्ट्रेलियामा यस्ता घटना ४० प्रतिशतले बढेको छ।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार, चारमध्ये एक महिला र सातजनामा एक पुरुषले आफ्नो पार्टनरद्वारा गम्भीर शारीरिक हिंसाको सामना गर्नुपरिरहेको छ। चीनपछि यूरोपले कोरोनाको ठूलो संकट झेलिरहेको छ। यूरोपका कयौँ शहरमा घरेलु हिंसा पीडितको सहायताका लागि कार्यरत संस्थाले हिंसाको खतरालाई लिएर चेतावनी समेत दिएका छन्।
फ्रान्सको पेरेन्ट्स फेडरेशन प्रमुखका अनुसार, कोरोनाको सबैभन्दा अधिक असर घरेलु जीवनमा परिरहेको छ।अस्ट्रेलियाको सर्वाधिक जनसंख्या भएको राज्य न्यू साउथ वेल्समा कोरोनाका क्रममा घरेलु हिंसाका घटना ४० प्रतिशतले बढेको छ। यसमा एक तिहाई मामला संक्रमणको विषयलाई लिएर भएको बताइएको छ। कयौँ प्रहरी चौकीमा हिंसाका घटना दर्ता संख्या दुई गुणा पुगिसकेको छ। यस्तो स्थितिलाई मध्यनजर गर्दै गत हप्ता मात्र त्यहाँको सरकारले १५ करोड डलर केबल घरेलु हिंसाको सामना गर्नका लागि छुट्याएको छ। -एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्