×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना कहर : विश्वभर १५ लाख संक्रमित, ८८ हजारले ज्यान गुमाए

LAXMI SUNRISE BANK

कोरोना कहर : विश्वभर १५ लाख संक्रमित, ८८ हजारले ज्यान गुमाए

२७ चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउने र संक्रमित हुनेको संख्या तीब्ररुपले बढिरहेको छ । हालसम्म विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ८८ हजार चार सय १४ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितको संख्या १५ लाख १३ हजार तीन सय ५८ पुगेको छ । उपचारपछि तीन लाख एक हजार नौ जना निको भएका छन् ।
इटलीमा सबैभन्दा बढी १७ हजार छ सय ६९ जनाको मृत्यु भएको छ र यहाँ संक्रमितको संख्या एक लाख ३९ हजार चार सय २२ पुगेको छ ।
स्पेनमा मृत्यु हुनेको सख्या १४ हजार सात सय ९२ पुगेको छ र संक्रमित संख्या एक लाख ४८ हजार दुई सय २० पुगेको छ । स्पेनमा मृत्यु हुनेको संख्या लगातार दुई दिनसम्म बढिरहेको छ । बुधबार सात सय ५७ जनाको मृत्यु भएको यहाँ मंगलबार सात सय ४३ जनाको मृत्यु भएको थियो । 
स्पेनमा संक्रमितको संख्या पछिल्लो चार दिनमा धेरै बढेको छ । पछिल्लो २४ घण्टामा छ हजार एक सय ८० जना नयाँ संक्रमित भेटिएका छन् । संयुक्त राज्य अमेरिकामा संक्रमित संख्या चार लाख ३० हजार तीन सय ७६ पुगेको छ भने मृतक संख्या १४ हजार सात सय ३९ पुगेको छ ।
बेलायतमा सात हजार ९७ जनाको मृत्यु भएको छ र संक्रमित संख्या ६१ हजार चार सय ७४ पुगेको छ । बेलायतमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या नौ सयभन्दा बढी रहेको छ ।
अमेरिकामा एकै दिनमा करिब दुई हजार जनाको मृत्यु भएको हो । अघिल्लो दिनसम्म यहाँ मृतक संख्या १२ हजार आठ सय जना थियो ।
न्युयोर्कमा मात्र कोभिड-१९ का कारण छ हजार दुई सय ६८ जनाको मृत्यु भएको छ । यहाँ एकै दिनमा आठ सयभन्दा धेरैको मृत्यु भएको छ । फ्रान्समा मृतक संख्या १० हजार आठ सय ६९ पुगेको छ र संक्रमित संख्या एक लाख १३ हजार नौ सय ६५ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी