- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । भायानेटका डाटाहरु ह्याक भएको समाचार सेलाउन नपाउँदै नेपालको बैंकिङ क्षेत्रमा पनि ‘ह्याकर आतंक’ मच्चिएको छ । बैंकको कर्मचारी भन्दै विभिन्न नम्बरबाट फोन गरेर ग्राहकको गोप्य विवरण मागिएको चर्चा सुरु भएपछि नेपाल इन्भेष्टमेन्ट बैंकले बैंकिङ कारोबारसँग सम्बन्धित कुनै पनि जानकारी कसैलाई नदिन आग्रह गरेको छ ।
लकडाउनको समयमा साइबर सुरक्षामा आक्रमण भइरहेकाे भन्दै बैंकले सचेत रहन ग्राहकलाई अनुरोध गरेको छ । बैंकको कर्मचारी बताउँदै ग्राहकलाई फोन गरेर एटीएम पासवर्ड, मोबाइल बैंकिङ पासवर्ड, पिन नम्बर लगायतका गोप्य विवरण माग्ने काम भइरहेको भन्दै बैंकका कसैले पनि त्यसरी पासवर्ड नमागेको उसले स्पष्ट पारेको छ । बैंककै कर्मचारीले समेत फोन गरेर माग्न नमिल्ने भएकाले यस्ता कल ठगले गरेको हुन सक्ने भएकाले निकै सचेत रहन बैंकले आग्रह गरेको हो ।