×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना भाइरसको उपचारमा संलग्नको मृत्यु भएमा ५० लाख रुपैयाँ दिइने

LAXMI SUNRISE BANK

कोरोना भाइरसको उपचारमा संलग्नको मृत्यु भएमा ५० लाख रुपैयाँ दिइने

२६ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

विराटनगर – कोरोना भाइरसको उपचार गर्ने क्रममा संग्लन व्यक्तिको मृत्यु भएमा प्रदेश नं १ को सरकारले ५० लाख रुपैयाँ दिने भएको छ । प्रदेश नं १ को सरकारको आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्थानीय तहमा कार्यरत कर्मचारी वा अन्य कुनै पदाधिकारीको मृत्यु भएमा निजको परिवारलाई एकमुष्ट ५० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
यसैगरी कोभिड–१९ नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा प्रदेश सरकार वा सो मातहतका निकायले खटाएका स्वास्थ्य क्षेत्रका जनशक्तिलाई नेपाल सरकारले निर्धारण गरे बमोजिम दोहोरो नपर्ने गरी प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । प्रदेश सरकारले २०७७ वैशाख १ गतेदेखि २०७७ चैत मसान्तसम्म एक वर्षभरिमा प्रदेशअन्तर्गतका सबै सरकारी कार्यालयको सार्वजनिक, प्रदेशस्तरीय पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गरी वार्षिक क्यालेण्डर पनि स्वीकृत गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी