×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यसरी भयो पुनर्बीमा कम्पनीको आईपिओ बाँडफाँड, ७७ हजारले पाए ५० कित्ता, नतिजा अर्थ सरोकार डटकममा

PRIME CA

यसरी भयो पुनर्बीमा कम्पनीको आईपिओ बाँडफाँड, ७७ हजारले पाए ५० कित्ता, नतिजा अर्थ सरोकार डटकममा

२६ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले निष्काशन गरेको आइपिओ बुधबार बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक आरबिबि मर्चेन्टले बुधबार बिहान ७:३० बजे आईपिओ बाँडफाँड गरेको हो । आईपिओमा कुल ३ लाख ९१ हजार ६ सय २६ जनाले आवेदन दिएका थिए भने त्यसमध्ये ९ सय ८८ जनाको आवेदन रद्द भएको  छ । बाँकि रहेका ३ लाख ९० हजार ६ सय ३८ योग्य आवेदकलाई शेयर बाँडफांड गरिएको हो । जस अनुसार १० कित्ताको लागि आवेदन दिने २७ हजार ७ सय ४८ जनाले १० कित्ता नै शेयर पाएका छन् । २० कित्ताको लागि आवेदन दिने १५ हजार ५ सय ९० जनाले २० कित्ता नै शेयर पाएका छन् । 
क्यापिटलले दिएको जानकारी अनुसार ७७ हजार २ सय ४५ जनाले अधिकतम ५० कित्ता शेयर पाएका छन् ।नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: