×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किसान सहकारीको सामाजिक कार्य : कोरोना रोकथामका लागि ६ लाख ५० हजार सहयोग गर्ने घोषणा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

किसान सहकारीको सामाजिक कार्य : कोरोना रोकथामका लागि ६ लाख ५० हजार सहयोग गर्ने घोषणा

Artha Sarokar

२५ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली –  किसान बहुउद्देश्यीय सहकारी संस्थाले कोरोना रोकथामको लागि सहयोगको घोषणा गरेको छ ।कैलालीको लम्की चुहामा रहेको उक्त सहकारीले मंगलबार एक विज्ञप्ति जारी गर्दै कैलाली जिल्लाको १३ वटै स्थानिय निकायहरुलाई ५० हजारका दरले ६ लाख ५० हजार खाद्यन्न सामाग्री वा नगद उपलब्ध गराउने जनाएको छ ।
संस्थाले विश्वभरी महामारीको रुपमा फैलिरहेको तथा मानव जातीका लागि चुनौतीको रुपमा रहेको कोरोना भाईरससंग पुरै विश्व लडिरहेको र नेपालले पनि त्यसको सामना गरिरहेको अवस्थामा सहयोगको आवश्यकतालाई ध्यानमा राख्दै सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोगको घोषणा गरिएको संस्थाले जानएको छ ।
पुरै देश लकडाउनमा रहेको र सो अवस्थामा दैनिक ज्यालादारी गरी जिवन निर्वाह गर्ने अति विपन्न परिवारलाई राहत दिन, क्वारेन्टाइनमा बस्नेलाई खानपानको व्यवस्थापन गर्न तथा यस विपतको सामना गर्नका लागि आवश्यक विभिन्न कार्य गर्नका लागि १३ वटै स्थानीय निकायहरु मार्फत सहयोग हस्तान्तरण गरिने संस्थाले विज्ञप्तिमार्फत उल्लेख गरेको छ । 
कैलालीको लम्कीमा केन्द्रीय कार्यालय रहेको यस संस्थाले १८ वटा शाखा कार्यालयमार्फत सेवा दिँदै आइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी