×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कोरोना संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ’ : स्वास्थ्य मन्त्रालय

LAXMI SUNRISE BANK

‘कोरोना संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ’ : स्वास्थ्य मन्त्रालय

२५ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कोरोना भाइरस संक्रमित आठै जनाको स्वास्थ्य अवस्था समान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता डा.विकास देवकोटाले संक्रमित सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका हुन् ।
नेपालमा हालसम्म ९ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । जसमा १ जना भने निको भईसकेका छन् । सेती प्रादेशिक अस्पतालमा ४ जना र टेकु अस्पतालमा २ जना र बाग्लुङमा २ जना कोरोना भाइरस संक्रमितको उपचार भईरहेको प्रवक्ता देवकोटाले बताए । 
कैलाली र कञ्चनपुरमा र्यापिड डानोष्टिक टेष्ट र नमुना स्वाव परिक्षण भइरहेको पनि उनले बताए । साथै कैलालीमा १८ र कंञ्चनपुरमा २१ नमुना संकलन भएको छ भने जुम्ला र अछाममा पनि नमुना संकलन गर्ने तयारी भइरहेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी