×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनका बेला कहाँ किन्ने तरकारी ? काठमाडौँ महानगरपालिकाले तोक्यो यी ११ स्थान !

LAXMI SUNRISE BANK

लकडाउनका बेला कहाँ किन्ने तरकारी ? काठमाडौँ महानगरपालिकाले तोक्यो यी ११ स्थान !

२५ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – काठमाडौँ महानगरपालिकाले विभिन्न ११ स्थानमा तरकारीका बिक्री कक्ष तोकेको छ । महानगरपालिकाले बल्खु र कालीमाटीको तरकारी बजारमा भएको भीडभाड कम गर्न विभिन्न ११ स्थानमा तरकारीका बिक्री कक्ष तोकेको हो ।
महानगरपालिकाले तरकारी तथा फलफुल बिक्रीका लागि कलंकी चोक, बाफल चोक, स्वयम्भू चोक, वनस्थली चोक, गंगबु चोक, बसुन्धरा चोक, गोपीकृष्ण हल चोक, तीनकुने चोक, लैनचौर, रत्नपार्क र कोटेश्वर चोक तोकेको छ । लकडाउन अवधिभरि वैकल्पिक तरकारी बजार सञ्चालनका लागि यी स्थान तोकिएको हो । यी ११ स्थानबाट बिहान ८ः०० बजेसम्म सबै खाले फलफूल र तरकारी बिक्री गरिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी