
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्रप्रति नागरिकको विश्वास जोगाइ राख्ने प्रतिबद्धता जनाएका छन् । नवनियुक्त गभर्नर अधिकारीले मंगलबार पदबहाली गर्दै यस्तो बताएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका अधिकारीलाई गभर्नरमा नियुक्त गरेको थियो । आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाट पद तथा गोपनियताको शपथ लिएपछि अधिकारी नेपाल राष्ट्र बैंकको कार्यालय बालुवाटार पुगेर पदबहाली गरेका हुन् । नवनियुक्त गभर्नरको स्वागतका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठलगायतका उच्चपदस्थ कर्मचारीहरुको बैंक परिसरमा उपस्थिती रहेको थियो ।

यस्तै नवनियुक्त गभर्नर अधिकारीले कोरोना भाइरस (कोभिड-१९)का कारण नेपालको वित्तीय क्षेत्रमा परेको असर अध्ययन गर्न कार्यदल गठन गरेका छन् । उक्त कार्यदलमा को-को सदस्य रहने भन्ने कुराको जानकारी भने केन्द्रीय बैंकले जानकारी दिएको छैन । पदवाहालीपछि उनले भने, “आज मात्रै पहिलो नीतिगत निर्णयको रुपमा कोरोनाको असर अध्ययन गर्न कार्यदल बनाउने तथा नियमित अनुगमन गर्ने निर्णय भएको छ । त्यसले समग्र अर्थतन्त्रको अवस्थामा कस्तो प्रभाव पर्छ भनेर अध्ययन प्रतिवेदन तयार पारेर कार्यान्वयनका लागि सुझाउनेछ ।’

‘नेपाल राष्ट्र बैंकले यसअघि नै केही राहतका कार्यक्रम ल्याइसकेको छ।’ उनले भने ‘त्यसलाई निरन्तरता दिँदै समग्र क्षेत्रमा असर कस्तो पर्छ भन्नेतर्फ विशेष चासोका साथ काम गरिनेछ ।’ यस्तै नवनियुक्त गभर्नर अधिकारीले कोरोनाका कारण अहिले सबै क्षेत्र चुनौतीपूर्ण रहेको उल्लेख गर्दै विगतमा अर्थतन्त्रको एउटा क्षेत्रमा समस्या आउँदा अर्को क्षेत्रले सहयोग गर्ने स्थिती रहेपनि हाल त्यस्तो नभएकाले विचार गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले भन्नुभयो, “स्वास्थ्य क्षेत्रको कारण संसार भर नै समस्यामा परेको छ । त्यसलाई व्यवस्थित गर्न र काम चलाएर लैजान पनि चुनौतीपूर्ण पनि उत्तिकै छ ।’

साथै नेपाल राष्ट्र बैंकको स्वायत्तताको विषयमा सोधिएको विषयमा नवनियुक्त गभर्नर अधिकारीले केन्द्रीय बैंक संसारभर जहाँसुकै पनि स्वायत्त हुने भएकाले त्यसमा आफू सजग रहेको बताए । राष्ट्र बैंक आफैँमा सशक्त संस्था भएको तथ्य पेश गर्दै उनले कुनै एउटा व्यक्तिभन्दा पनि आफू सामूहिक रुपमा नै काम गर्न मन गर्ने भएकाले सबैसँग मिलेर काम गर्ने विश्वास व्यक्त गरे। उनले, ‘म सधैँभरी भुङ्ग्रोमा खेल्न आए जस्तो लाग्छ । डेपुटी गभर्नरमा रहँदा पनि भूकम्प आयो । अहिले पनि कोरोनाको प्रभाव परेको छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्