×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउन प्रभाव : नेपालमा छुटेका नागरिकलाई बेलायतले बुधबार र शुक्रबार लैजाने !

LAXMI SUNRISE BANK

लकडाउन प्रभाव : नेपालमा छुटेका नागरिकलाई बेलायतले बुधबार र शुक्रबार लैजाने !

२५ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बेलायतले नेपालबाट बुधबार र शुक्रबार आफ्ना नागरिक लैजाने भएको छ । बेलायतले आफ्नै मुलुकको टीटान एयरवेजको जहाजमार्फत नागरिकलाई लैजाने भएको हो । 
कोरोना भाइरस (कोभिड-१९)ले माहामारीको रुप लिएपछि यस भाइरसबाट बच्न नेपालले चैत्र ११ गतेदेखि देश लकडाउन गरेको छ । लकडाउन भएसंगै विभिन्न मुलुककबाट घुम्न आएका नागरिकहरु नेपालमै छुटेका छन् । लकडाउन सुरु भएयता करिब तीन हजार विदेशी नागरिक नेपालबाट स्वदेश फर्किएका छन् । तर, अझै सयौं पर्यटक नेपालमै छन् ।
काठमाडौं बाहिर रोकिएका पर्यटकलाई सरकारले उद्धार गरेर काठमाडौं ल्याउने काम रोकिएको छ । तर, कुनै दूतावासले आफ्ना नागरिकलाई फिर्ता लैजान चाहेमा भने बोर्डले स्थानीय प्रशासनको समन्वयमा काठमाडौं ल्याउने गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी