- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नवनियुक्त गभर्नर चार्टड एकाउन्टेन्ट महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ खाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मङ्गलबार सर्वोच्च अदालतमा आयोजित एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर अधिकारीलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।
यता नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर अधिकारीले शपथ ग्रहणपछि नेपाल राष्ट्र बैंक गएर पदभारसमेत ग्रहण गरेका छन् । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले अधिकारीलाई ५ वर्षे कार्यकालको लागि गभर्नर पदमा नियुक्त गरेको थियो । उनलाई डेपुटी गभर्नरहरु चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठसहित केन्द्रीय बैंकका उच्च कर्मचारीहरुले राष्ट्र बैंकमा स्वागत गरेका थिए । अधिकारीलाई सर्बोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले शपथ खुवाएका थिए । सर्बोच्चमा सपथ खाएपछि अधिकारी राष्ट्र बैंक पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै उनले कोरोना भाइरसको कारण नेपाली अर्थतन्त्रमा पर्न सक्ने प्रभार र आवश्यक नीतिगत प्रकृयाको बारेमा अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेका छन् ।