×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतको अस्पतालबाट कोरोना संक्रमित एक नेपाली अस्पतालबाट फरार, नेपाल छिरेको आशंका

LAXMI SUNRISE BANK

भारतको अस्पतालबाट कोरोना संक्रमित एक नेपाली अस्पतालबाट फरार, नेपाल छिरेको आशंका

२५ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना संक्रमित एक नेपाली अस्पतालबाट फरार भएका छन् । भारतमा कोरोना संक्रमण फैलाएको भनिएको केही हप्ता अघि भएको एक मुस्लिम धार्मिक भेलामा सहभागी ती नेपाली भारतको एक अस्पतालबाट भागेर नेपाल छिरेको आशंका गरिएको छ ।
दिल्लीको निजामुद्दिन क्षेत्रमा भएको तबलिगी जमात भेलामा सहभागी सुनसरीका जमाती मुल्ला मोल्बी उत्तर प्रदेशको बागवत अस्पतालबाट उपचारकै क्रममा फरार भएका छन् । उनी अस्पतालबाट भागेर नेपाल छिरेको आशंका गरिएको छ ।
उनी अस्पतालबाट फरार भएपछि भारतीय सञ्चार माध्यमले प्राथमिकताका साथ समाचार सम्प्रेषण गरिरहेका छन् । अस्पतालबाट फरार भएका उनीबाट थप संक्रमण फैलाउन सक्ने भन्दै समाचार दिइरहेका छन् । उनले धेरै जनाले कोरोना संक्रमण फैलिन सक्ने आंशका गरिएको छ । यसतर्फ सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी र अन्य अधिकारी सचेत रहनु पर्ने आवाज उठिरहेको छ । सामाजिक सञ्जालमा उनको नाम र तस्बिर पोष्ट गरेर ‘देखेमा प्रहरीलाई खबर गर्नू’ भनेर उल्लेख गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी