×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनक बेला आगलागीबाट २ घर जलेर नष्ट, १५ जनाको बिचल्ली

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लकडाउनक बेला आगलागीबाट २ घर जलेर नष्ट, १५ जनाको बिचल्ली

Artha Sarokar

२५ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
तनहुँ – तनहुँमा आगलागी हुँदा दुई घर जलेर पूर्णरूपमा क्षति भएको छ । जिल्लाको व्यासनगरपालिका–७ स्थित सामली बाँसपानीमा सोमबार विद्युत् सर्ट भई स्थानीय तिलविक्रम परियार र गोकर्ण परियारको घरमा आगलागी हुँदा करिब १३ लाख बराबरको धनमाल क्षति भएको हो ।
वडाध्यक्ष सतिशचन्द्र न्यौपानेका अनुसार तिलविक्रमको सात लाख र गोकर्णको छ लाख बराबरको क्षति भएको  छ । घटना भएको जानकारी पाएलगत्तै प्रहरीसहितको टोली आगो नियन्त्रणका लागि गए पनि नियन्त्रणमा लिन नसकिएको उनले बताए । आगलागी भएपछि दुई घरका १५ जनाको बिचल्ली भएको छ । 
उनीहरुको खान बस्नका लागि सामली बाँसपानी टोल विकास संस्थालाई जिम्मा लगाइएको छ । वडामार्फत पनि उनीहरुलाई राहतको लागि व्यवस्था गर्न लागिएको बताइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी