×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउन उल्लंघन गरेपछि न्युजिल्यान्डका स्वास्थ्यमन्त्री क्लार्कको पद घटुवा, हाम्रालाई पनि यस्तै गर्ने कि !

LAXMI SUNRISE BANK

लकडाउन उल्लंघन गरेपछि न्युजिल्यान्डका स्वास्थ्यमन्त्री क्लार्कको पद घटुवा, हाम्रालाई पनि यस्तै गर्ने कि !

२५ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं –  न्युजिल्याण्डका स्वास्थ्यमन्त्री डेभिड क्लार्कले मुलुकमा जारी लकडाउन उल्लंघन गरेका छन् । जसका कारण उनको पद घटुवामा परेको छ । कोरोना भाइरस नियन्त्रणको लागि लगाइएको लकडाउनको क्रममा साइकल यात्रामा निस्किएपछि उनी घटुवामा परेका हुन् । मन्त्रीको जिम्मेवारी खोसेर उनलाई सहायक स्वास्थ्यमन्त्रीमा घटुवा गरिएको छ ।
द गार्जियनका अनुसार क्लार्कले लकडाउनको समयमा परिवारसँग २० किलोमिटर यात्रा गरेको स्वीकारेका छन् । उनले यो कामको लागि क्षमायाचना गर्दै आफूले आफैंलाई ‘मूर्ख’को संज्ञा दिएका छन् ।
स्वास्थ्यमन्त्रीले लकडाउन उल्लंघन गरेको घटनाको मुलुकभर विरोध भएको थियो । न्युजिल्याण्डकी प्रधानमन्त्री जाकिन्डा एर्डेनले सामान्य अवस्थामा भए उनलाई निलम्बन गरिने तर कोभिड–१९ विरुद्धको लडाइँमा उनको साथ आवश्यक रहेको बताएकी छिन् । एक विज्ञप्तिमार्फत् उनले आगामी दिनमा उनले न्युजिल्याण्डका लागि राम्रो भूमिका निर्वाह अपेक्षा गरेकी छिन् ।
न्युजिल्याण्डमा मार्च २५ मा चार साता लामो लकडाउन शुरु भएपछि उल्लेख्य मात्रामा यसको उल्लंघन पनि भइरहेका छन् । एक समयमा सरकारको उजुरी गर्ने वेबसाइट नै अन्यधिक लोडका कारण क्र्यास भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी