×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाले भयावह विश्व : ७४ हजार ६ सय ७९ जनाको मृत्यु, संक्रमित कति ?

LAXMI SUNRISE BANK

कोरोनाले भयावह विश्व : ७४ हजार ६ सय ७९ जनाको मृत्यु, संक्रमित कति ?

२५ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – विश्वमा कोरोना भाइरसको संक्रमण बढ्दै गई रहेको छ । कोरोना बढ्ने क्रममा ७४ हजार ६ सय ७९ जनाको मृत्यु भइसकेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार हाल विश्वभर १३ लाख ४६ हजार २ सय ९९ जना संक्रमित छन् । पछिल्लो समय कोरोनाबाट अमेरिका र युरोपेली मुलुकहरुमा भयावह स्थिति सिर्जना भएको छ ।
विश्वको सबैभन्दा बढी कोरोना संक्रमित रहेको अमेरिकामा १० हजार ९ सय १० जनाको मृत्यु भएको छ । त्यस्तै ३ लाख ६७ हजार ४ सय ६१ भन्दा बढी कोरोना संक्रमित छन् भने १९ हजार ५ सय २२ जना उपचारपछि घर फर्किएका छन् ।
सबैभन्दा बढी मुत्युदर रहेको इटालीमा १ लाख २९ हजार ६ सय ८१ जना कोरोना संक्रमित छन् भने १५ हजार ९ सय ५० जना नागरिकको मृत्यु भइसकेको छ भने २१ हजार ८ सय १५ जनालाई निको भएको छ । स्पेनमा १ लाख ३५ हजारबढी संक्रमित रहेका छन् । १३ हजार ५५ जना नागरिकको मृत्यु भएसँगै स्पेनमा ४० हजार ४ सय ३७ जना उपचार पछि घर फर्किएका छन् ।
फ्रान्स हालसम्म ८ हजार ७८ जना नागरिक कोरोना भाइरसबाट मृत्यु भएको छ भने ९२ हजार ८ सय ३९ जना नागरिकलाई कोरोना संक्रमित छन् । त्यस्तै १६ हजार १ सय ८३ जना उपचार पछि घर फर्किए ।
जर्मनीमा पनि कोरोना भाइरसको संक्रमितको संख्या १ लाख १ हजार ३ सय १३ नागरिक छन् । १ हजार ५ सय ९१ जनाको मृत्यु भएको छ भने ३६ हजार ९ सयभन्दा बढी उपचार पछि घर फर्किएका छन् ।
कोरोनाको उद्गम स्थल चीनमा पछिल्लो समय कोरोना संक्रमितको संख्यामा कमि आएको छ । हाल ८३ हजार ५ सय ३५ जना संक्रमित छन् भने ३ हजार ३ सय ३१ जना नागरिकको मृत्यु भएको छ । चीनका ७७ हजार ३ सय ६० कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् ।
पछिल्लो समय बेलायत, टर्की, स्वीट्रल्याण्ड, नेदरल्याण्ड, क्यानडा, अस्ट्रिया, पोर्चुगल, ब्राजिल, दक्षिण कोरिया, रसिया, नर्वे, अस्ट्रेलिया, डेनमार्क, त्यस्तै साउथ एसियन मुलुकमा पनि कोरोनाको संक्रमण बढ्दै गएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी