
काठमाडौँ – जापानले कोरोना भाइरस नियन्त्रणका लागि ६ महिनासम्म आपतकालको घोषणा गर्ने तयारी गरेको छ । जापानी सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री शिन्जो आबेले केही शहरमा लागु हुने गरी आपतकालीन अवस्था घोषणाको तयारी गरेका छन् । भोलि अर्थात मंगलबार जापानका प्रधानमन्त्री शिंजो आबेले राष्ट्रका नाममा सम्बोधन गर्दैछन्।
पूरै देशभर भने आपतकालीन अवस्था घोषणा लागु नहुने बताइएको छ । जापान सरकारले नागरिकहरुलाई घर भित्रै बस्न विशेष निर्देशन जारी गर्ने तयारी छ । तर चीन वा केही युरोपेली देशमा जस्तो देशभर लकडाउन लागु गर्ने अधिकार जापानी प्रधानमन्त्रीमा छैन । उनले अत्यावश्यक बाहेकका व्यापार व्यवसाय बन्द गर्नका लागि निर्देशन दिन सक्ने छन् ।
जापानमा आइतबार मात्रै ५५० जना नयाँ संक्रमित थपिएका छन् भने कोरोनाबाट ८ जनाको मृत्यु भएको छ। जापानमा अहिलेसम्म कोरोनाबाट ८५ जनाको मृत्यु भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्