- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपाल राष्ट्र बैंकले २०७७ सालमा बैंक तथा वित्तीय संस्थाको विदाको सूची सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागले बैंक तथा वित्तीय संस्थाहरु बिदाको सूचि सार्वजनिक गरेको हो ।केन्द्रीय बैंकले वर्ष भरिमा देशको सबै स्थानका बैंकमा कुल २१ दिन पूर्ण विदा हुनेछ ।
यस्तै, भौगोलिक स्थानको स्थानीय पर्वको लागि छुट्टै विदा भएको राष्ट्र बैंकले जनाएको छ । यद्यपि, यी बाहेक नेपाल सरकारले सार्वजनिक विदाको घोषणा गरेमा बैंक तथा वित्तीय संस्था बन्द रहनेछ ।
केन्द्रीय बैंकका अनुसार २०७७ वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा २०७७ माघ १६ गतेदेखि २०७७ चैत्र मसान्तसम्म बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म बैंक खुल्ला रहनेछ । साथै, कात्तिक १६ गतेदेखि २०७७ माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म बैंक खुल्ला रहने जनाइएको छ । शुक्रबार भने बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म बैंक खुल्नेछ ।