×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार बिहान लकडाउन उल्लंघन गर्ने १७ सय प्रहरी नियन्त्रणमा, छोडियो यस्तो शर्तमा…

LAXMI SUNRISE BANK

सोमबार बिहान लकडाउन उल्लंघन गर्ने १७ सय प्रहरी नियन्त्रणमा, छोडियो यस्तो शर्तमा…

२४ चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सोमबार लकडाउन उल्लंघन गर्ने १७ सय २८ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा आज बिहान ६ देखि १० बजेसम्म लकडाउन उलंघन गर्नेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जसमा १३ सय ४७ पुरुष र तीन सय ८१ जना महिला रहेका छन्।
अत्यावश्यक काम बिना सडकमा निस्किएका मानिसलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिएकाहरुलाई तीन घण्टासम्म सार्वजनिक स्थानमा राखि लकडाउन पालना गर्ने सर्तमा छोडिने प्रहरीले जनाएको छ । साथै, पास बिना चलेका तीन सय ७० बटा सवारीसाधनलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी