काठमाडौं – अमेरिकामा कोरोना भाइरसको संक्रमण बाघमा पनि देखिएको छ । बीबीसीले उल्लेख गरेअनुसार अमेरिकाको न्युयोर्कोस्थित ब्रोन्क्स चिडियाघरमा ४ वर्षको बघिनीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । बाघमा कोरोना भाइरसको संक्रमण भेटिएको लोवास्थित नेसनल भेटेनरी ल्याबरोटरीले पुष्टि गरेको हो । अमेरिकामा जनावरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको पनि यो पहिलो घटना हो ।
परीक्षण गरिएको नाडिया मलायन प्रजातिको बाघ हो । उक्त चिडियाघरमा अर्को मलायन बाघसँगै २ अमुर प्रजातिको बाघ तथा ३ अफ्रिकी सिंहमा पनि सुख्खा खोकी देखिएको छ । चिडियाघरले भाइरस कसरी जनावरमा सर्यो भन्ने अझै पत्ता नलागेको बताएको छ । चिडियाघरका अन्य जनावरमा भने बिरामीको लक्षण देखिएको छैन । लक्षण नदेखिएका संक्रमितको माध्यमबाट यो भाइरस जनावरमा सरेको हुन सक्ने चिडियाघरको भनाई छ । – एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्