×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सयौं मान्छेहरु भीड छिचोलेर महाकाली नदीबाट पौडेर नेपाल आएका थिए कञ्चनपुरका कोरोना संक्रमित !

LAXMI SUNRISE BANK

सयौं मान्छेहरु भीड छिचोलेर महाकाली नदीबाट पौडेर नेपाल आएका थिए कञ्चनपुरका कोरोना संक्रमित !

२२ चैत्र २०७६, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
धनगढी । सुदुरपश्चिम प्रदेशमा थप नयाँ तीन जना संक्रमित फेला परेका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले दिएको जानकारी अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष, र कैलालीको ३४ वर्षीय महिला (यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त)मा कोरोना संक्रमणको पुष्टी भएको हो । योसँगै पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ ।
मजदुरी गर्न भारतको उत्तराखण्ड चम्फावत जिल्ला लुहाघाट सल्लीगाउँस्थित सडक निर्माणको काममा गएका उनीहरु काम गर्नका लागि एउटै टेण्टमा ११ जना बस्ने गरेका थिए । चैत १३ गते नेपाल हिँडेका उनीहरु पैदल हिँडेर महाकाली नदीको टनकपुर–ब्रह्मदेव क्षेत्रबाट अवैधानिक रुपमा ट्युवबाट नेपाल छिरेका थिए । उनीहरु चैत १४ गते कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ मटैनास्थित शसस्त्र प्रहरीले समातेर गडाचौकी ल्याएको थियो । चैत २० गते काठमाडौंस्थित छाउनीबाट नेपाली सेनाको मेडिकल टिम गएर ११ (अन्य थप दुईजना)सहित १३ जनाको स्वाव परीक्षणका लागि लगेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी