
- अर्थ सरोकार सम्बाददाता
बुटवल – गण्डकी विकास बैंक लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष अन्तर्गत प्रदेश ५ लाई ४ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका बुटवलस्थित प्रदेश कार्यलयका प्रदेश प्रमुख मिलन कुमार पुनले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले महामारीको घडीमा बैंकले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन् । बैंकले गण्डकी प्रदेशको कोरोना राहत कोषमा ६ लाख रुपैयाँ र अन्य ६ वटा प्रदेशमा र४ लाखका दरले कुल ३० लाख रुपैयाँ प्रदान गरेको जनाएको छ । बैंकका हाल देशभरमा ९५ साखा सन्जाल, २७ एटिएम मेसिन रहेका छ्न भने प्रदेश ५ मा मात्र २० वटा साखा सञ्जाल रहेको छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्