
- अर्थ सरोकार सम्बाददाता
धनगढी – कोराना भाईरस (कोभिड-१९) को संक्रमण देखिएका धनगढी उपमहानगरपालिका वावडा नम्बर ५ का युवकका भाउजुलाई लक्षण नै नदिखिदा पनि परिक्षण गर्दा कोरोनाको संक्रमण पुष्टी भएको खुलासा भएको छ । ‘उनमा कारोना भाइरसको संक्रमण पोजेटिभ देखिए पनि कुनै लक्षण देखा परेको थिएन। ‘ परिवार स्रोतले भन्यो । यसले सबै झन् सतर्क बन्नुपर्ने देखाएको छ ।
सुदुरपश्चिम प्रदेशमा थप नयाँ तीन जना संक्रमित फेला परेका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले दिएको जानकारी अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष, र कैलालीको ३४ वर्षीय महिला (यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त)मा कोरोना संक्रमणको पुष्टी भएको हो । योसँगै पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्