×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना कहर : मृत्यु हुनेको संख्या ५९ हजार नाघ्यो, अमेरिकामा २४ घण्टामा १३ सय बढीको मृत्यु

LAXMI SUNRISE BANK

कोरोना कहर : मृत्यु हुनेको संख्या ५९ हजार नाघ्यो, अमेरिकामा २४ घण्टामा १३ सय बढीको मृत्यु

२२ चैत्र २०७६, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या १० लाख ९७ हजार नाघेको छ । भाइरसका कारण अहिलेसम्म ५९ हजार १ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । दुई लाख २८ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । अमेरिकामा मात्रै संक्रमितको संख्या २ लाख ७७ हजार नाघेको छ भने ७ हजार ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ । यसैगरी, इटलीमा संक्रमित हुनेको संख्या १ लाख १९ हजार नाघेको छ । त्यहाँ १४ हजार ६ सय ८१ जनाको मृत्यु भइसकेको छ ।
संक्रमितको संख्या स्पेनमा १ लाख १९ हजार नाघेको छ । त्यहाँ १२ हजार २ सय जनाको मृत्यु भइसकेको छ । जर्मनीमा संक्रमितको संख्या ९१ हजार नाघेको छ भने करिब एक हजार २ सय ७५ जनाको मृत्यु भएको छ । फ्रान्समा संक्रमितको संख्या ६४ हजार नाघेको छ भने मृत्यु हेनको संख्या ६ हजार ५ सय ७ पुगेको छ । इरानमा संक्रमितको संख्या ५३ हजार १ सयभन्दा बढी पुगेको छ भने ३ हजार ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।
बेलायतमा पनि संक्रमण फैँलदो क्रममा रहेको छ । त्यहाँ ३८ हजार सात सयभन्दा बढीमा संक्रमण देखिएको छ भने ३ हजार ६ सय ५ जनाको मृत्यु भइसकेको छ । दक्षिण एसियाली राष्ट्रहरुमा समेत संक्रमितको संख्या बढ्दो छ । पाकिस्तानमा संक्रमितको संख्या २ हजार ६ सय नाघेको छ भने ४० जनाले ज्यान गुमाएका छन् । भारतमा कोरोना संक्रमितको संख्या दुई हजार ५ सय ६७ पुगेका छन् भने ७२ जनाले ज्यान गुमाएका छन् । – एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी