×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका कर्मचारीमा कोरोना संक्रमण पुष्टी, सर्यो साधारणसभाको मिति

PRIME CA

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका कर्मचारीमा कोरोना संक्रमण पुष्टी, सर्यो साधारणसभाको मिति

२४ बैशाख २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको साधारणसभा स्थगित भएको छ । वैशाख २५ गते हुने भनिएको सभा कम्पनीका अध्यक्ष र कार्यकारी निर्देशक दुवै जनामा कोरोना संक्रमण पुष्टी भएपछि स्थगित भएको हो । 
पूर्व निर्धारित विषयवस्तु यथावत रहने गरी सभा जेठ ४ गते सारिएको कम्पनीले जनाएको छ । सभामा कम्पनीले एफपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्दैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय बाँके कोहलपुरमा बिहान ११ बजे जुम मार्फत सुरु हुनेछ । सभामा घोडीघोडा लघुवित्तसँग मर्ज हुने प्रस्ताव पनि छ ।
घोडीघोडा र युनिक नेपाल एक आपसमा मर्ज हुने भएपछि गत कात्तिक २३ गतेदेखि घोडीघोडाको सेयर कारोबार रोक्का छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: