×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना प्रकोप : फ्रान्समा एकै दिन १३ सय भन्दा बढीको मृत्यु

LAXMI SUNRISE BANK

कोरोना प्रकोप : फ्रान्समा एकै दिन १३ सय भन्दा बढीको मृत्यु

२१ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं : विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसले गर्दा फ्रान्समा एकैदिन १ हजार ३ सय ५५ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार एकै दिनमा मृत्यु हुने संख्यामा यो अहिलेसम्मकै उच्च रहेको  छ । 
यसअघि अमेरिकामा एक हजारभन्दा धेरैको मृत्यु भएको थियो। फ्रान्समा मृत्यु हुनेको संख्या ५ हजार ३ सय ८७ पुगेको छ भने पछिल्लो २४ घन्टाभित्र फ्रान्समा २ हजार १ सय १६ जना संक्रमित थपिएका छन्। योसँगै संक्रमित हुनेको संख्या ५९ हजार नाघेको छ। 
इटालीमा मृत्यु हुनेको संख्या १३ हजार ९ सय १५ जना रहेको छ भने संक्रमित १ लाख १५ हजार पुगेको छ।  त्यस्तै अमेरिकामा मृत्यु हुनेको संख्या ६ हजरा १३ पुगेको छ भने सक्रमित २ लाख ४४ हजार नाघेको छ। विश्वमा संक्रमितको संख्या १० लाख नाघेको छ। त्यस्तै २ लाख १२ हजार निको भएर घर फर्किएका छन्।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी