×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देशबासीहरुलाई मोदीको आग्रह – ‘आइतबार राति ९ बजे सारा बिजुली बन्द गरेर मोबाइल फ्लास वा मैनबत्ती बाल्नुहोस्’

LAXMI SUNRISE BANK

देशबासीहरुलाई मोदीको आग्रह – ‘आइतबार राति ९ बजे सारा बिजुली बन्द गरेर मोबाइल फ्लास वा मैनबत्ती बाल्नुहोस्’

२१ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अप्रिल ५ (आइतबार) राति ९ बजे सारा बिजुली बन्द गर्न भारतीय जनतालाई आग्रह गरेका छन् । प्रधानमन्त्री मोदीले आफ्नो एक भिडियो सन्देशमा देशवासीलाई सम्बोधन गर्दै आइतबार राति ९ बजे ९ मिनेटसम्म घरको ढोका वा कौसीमा मैनबत्ती, दियो, मोबाइल फ्ल्यासलाइट वा टर्चलाइट बाल्न अपील गरेका हुन् ।
बिबिसी हिन्दीका अनुसार मोदीले भने, ‘महामारीको क्रममा हामी निरन्तर प्रकाशको बाटोतिर लाग्नुपर्दछ, सबैभन्दा बढी प्रभावित गरीबहरूलाई निराशबाट आशातिर लैजानु पर्दछ ।’ उनले थपे, ‘यो स संकटबाट जुन अन्धकार र अनिश्चितता उत्पन्न भएको छ, त्यसलाई प्रकाशतिर अघि बढाउनुपर्छ । महामारीको संकट पराजित गर्न ज्योतिको चमक चारै दिशामा फैलाउनुपर्छ, यसका लागि आइतवार, हामी सबै कोरोना संकटको अन्धकारलाई चुनौती दिनेछौँ ।’
अप्रिल ५ मा १३० करोड देशवासीको संकल्पलाई एकसाथ नयाँ उचाइमा पुर्याउनका लागि यसो गर्न मोदीले आग्रह गरे । उनले भने, ‘म तपाईंहरू सबैलाई आइतबार ९ बजे केवल ९ मिनेट समय छुट्याउन आग्रह गर्दछु । घरभित्रको बिजुली बत्ती सब बन्द गरेर ढोका वा कौसीमा मैनबत्ती, दियो, टर्च वा मोबाइल फ्लाश जरुर जलाउनुहोस् ।’
‘यस्तो प्रकाशले एक महाशक्ति प्रकट गर्नेछ र त्यसमा यो बत्तीको साथ हामी संकल्प गरौँ( हामी एक्लो छैनौं,’ उनले भने । साथै मोदीले उनले अझै भने, यसका दौरान सामाजिक दूरीको लक्ष्मण रेखा भने कुनै हालतमा पनि पार नगर्न सुझाव दिए । सामाजिक दूरी नै कोरोना संक्रमण हुन नदिने एक मात्र रामवाण उपाय रहेको उनको भनाइ छ । कोरोनाको महामारी फैलन नदिन भारतमा अहिले २१ दिने लक डाउन जारी छ । तर पनि कोरोना संक्रमित र सोबाट मृत्यु हुनेको संख्या भने दिनदिनै बढिरहेको छ । -एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी