
पोखरा । नेपाल बैंकको गण्डकी प्रादेशिक कार्यालय पोखराले कोरोना रोकथाम कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तर्दायित्व अन्तर्गत गण्डकी प्रदेश सरकारद्धारा स्थापना भएको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उक्त रुपैंया सहयोग गरेको हो ।
नेपाल बैंक प्रादेशिक कार्यालय गण्डकीका प्रमुख विनय केशरी पौड्यालले उक्त रकमको चेक मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई हस्तान्तरण गरेका हुन् । यस अघि नेपाल बैंकको प्रधान कार्यालयले नेपाल सरकारको कोषमा १ करोड रुपैयाँ जम्मा गरिसकेको छ ।
हाल गण्डकी प्रदेशमा विभिन्न २३ वटा शाखाहरु, १७ वटा ए.टी.एम. र ५ वटा एक्टेन्सन काउन्टरहरु मार्फत यस बैंकले सरकारी कारोवार सहितका बिभिन्न अत्याधुनिक बैंकिङ्ग सुबिधाहरु प्रदान गर्दे आईरहेको छ । साथै, निकट भबिष्यमा अन्य विभिन्न क्षेत्रहरुमा समेत बैंकका थप नयाँ शाखाहरु स्थापनाको क्रममा रहेका हुँदा बैंकले आफ्नो उपस्थितिलाई गण्डकी प्रदेशमा थप दरिलो बनाउदै लैजाने सो बैंकका गण्डकी प्रदेश प्रमुख पौडेलले जानकारी गराएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्