
काठमाडौँ – सङ्खुवासभाको जिल्ला अस्पताल खाँदबारीलाई एक करोड पाँच लाख बराबरको औजार तथा उपकरण हस्तान्तरण गरेको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै नौ सय मेगावाटको निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनाले अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
भारतीय निर्माण कम्पनी सतलजले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण, रोकथाम र स्वास्थ्यकर्मीको सुरक्षाका लागि अस्पताललाई दुई थान भेन्टीलेटर, तीन थान आईसीयू बेड, एक थान प्यासेन्ट मनिटर तीन थान, सेनिटाइजर, मास्क, पीपीईलगायतका स्वास्थ्य सामग्री सहयोग भएको जिल्ला अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले बताउनुभयो । भेन्टिलेटर सुविधा भएको जडान हुने सङ्खुवासभा पहिलो पहाडी जिल्ला भएको छ ।
मङ्गलबार एक कार्यक्रमका बीच एक करोड पाँच लाखको स्वास्थ्य सामग्री सतलज कम्पनी तुम्लिङटारका कार्यकारी निर्देशक अरुन भिमानले अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यलाई हस्तान्त्रण गर्नुभएको हो । सतलज कम्पनीले दिएको औजार र उपकरणले आगामी दिनमा कोरोनालगायत अन्य बिरामीको उपचारमा सहज हुने अध्यक्ष शाक्यले बताउनुभयो ।
जिल्ला अस्पतालमा आधुनिक औजार उपकरण नहुँदा सामान्य श्वासप्रश्वासका बिरामीलाई समेत अन्यत्रै रिफर गर्नुपर्ने अवस्था रहेको थियो । अब जिल्ला अस्पताल खाँदबारीमै उपकरण भएपछि स्वास्थ्यकर्मीलाई आवश्यक तालीम उपलब्ध गराई सेवा सञ्चालन तत्कालै गरिने अस्पतालले जनाएको छ । आईसीयू र भेन्टीलेटर सेवा सञ्चालनपछि जटिल रोग भएका बिरामीको उपचारमा सहजता आउने अध्यक्ष शाक्यको भनाइ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्