Skip to content
LAXMI SUNRISE BANK

एनसेलले तिर्यो ४ अर्ब ६० करोड पुँजीगत लाभकर, अझै १४ अर्ब ४० करोड तिर्न बाँकी

अर्थ सरोकार

काठमाडौं । एनसेलले ४ अर्ब ६० करोड रुपैयाँ पुँजीगत लाभकर तिरेको छ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो सेयर स्वामित्व खरिद बिक्री वापतको पुँजीगत लाभकर ४ अर्ब ६० करोड रुपैयाँ तिरेको ठूला करदाता कार्यालय प्रमुख झलकराम अधिकारीले जानकारी दिएका हुन् । 
एनसेलले कुल २२ अर्ब ४५ करोड रुपैयाँ पुँजीगत लाभकर तिर्नुपर्ने थियो । एनसेलले यसअघि ४ अर्ब ५० करोड रुपैयाँ कर तिरेको थियो भने अहिले ४ अर्ब ६० करोड रुपैयाँ बुझाएको हो ।अब कम्पनीले १४ अर्ब ४० करोड तिर्न बाँकी छ । ठूला करदाता कार्यालयले एनसेललाई बाँकी रकम लकडाउनलगत्तै तिर्न आग्रह गरेको पनि प्रमुख अधिकारीले बताए । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK