Skip to content
LAXMI SUNRISE BANK

कति अबुझ भएका जनता ? क्वारेन्टाईनमा राख्न खोज्दा आत्महत्या गर्न खोजिन् यी महिलाले…!

अर्थ सरोकार

काठमाडौँ । देशभर कोरोना संक्रमण फैलिने त्रासले क्वारेन्टाइनमा राख्न खोज्दा डोल्पामा एक महिलाले आत्महत्याको प्रयास गरेकी छिन् । स्वास्थ्कर्मीले क्वारेन्टाइनमा बस्न मानसिक दबाब दिएपछि आत्महत्याको प्रयास गरेकी ती महिलाको भनाइ छ ।
डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाले दुनैस्थित सरस्वती माध्यमिक विद्यालयमा बनाएको ‘क्वारेन्टाइन’मा राख्न खोज्दा गुरूङ थरकी ती महिलाले ठूलीभेरी नदीमा हाम्फालेर आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ ।क्वारेन्टाइनमा सँगै रहेका अन्य महिलाहरुले नदीमा हाम फाल्नबाट जोगाएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK